गोरखा समाचारदाता
गोरखा – नेपाली काँग्रेस गोरखाले सरकारको अहिले सम्मको काम सन्तोषजनक भएको भन्दै अब शंकास्पद विरामीहरुको परिक्षण युद्वस्तरमा गनुपर्ने सुझाव दिएका छन ।
नेपाली काँग्रेस गोरखाले आज (शुक्रबार) एक विज्ञाप्ती जारी गर्दै सरकारले अहिले सम्म गरेको काम सन्तोषजन भएको र अव शंकास्पद विरामीहरुको परिक्षण युद्वस्तरमा गर्नुपर्ने जनाएको हो ।
जिल्ला सचिव नन्दप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा विश्वभर फैलिरहेको कोरोना भाइरस (कोडिभ–१९) को जोखिमलाई सामना गर्न जिल्ला दैविप्रकोप उद्वार समिगी गोरखा, स्थानिय तह, नागरिक समाज, जिल्लामा कृयाशिल सम्पुर्ण सामाजिक संघ संस्था, सञ्चार माध्याम सबैले गर्दै आएको प्रयास प्रति हार्दिक धन्याबाद दिदै शंकास्पद विरामीहरुको परिक्षण सरकारले युद्वस्तरमा गर्नुपर्ने भनिएको छ ।
सरकारलाई ६ वटा सुझाव दिदै यो विपत्तीमा नेपाली काँग्रेस पनि सरकारको साथमा रहेको भन्दै सर्व साधारण जनतालाई सरकारले आब्हान गरको चैत्र १८ गते सम्मको लकडाउनमा अत्यावश्यक काम बाहेक घर बाहिन ननिस्किदिन समेत आग्रह गरेको छ ।
तात्कालिन अवस्थामा भारत सहित तेस्रो देशबाट देश भरका ३० जिल्लामा मानिसहरु भित्रीएकोले त्यस्ता मानिसलाई तत्कालै सम्र्पकमा ल्याई स्वास्थ्य परिक्षण गनुपर्ने, निगरानीमा राख्नुपर्ने र क्वारेन्टाईमा राख्ने ब्यवस्था गर्न समेत सरकारलाई नेपाली काँग्रेस गोरखाले सुझाव दिएको छ ।
त्यस्तै गरी कोरोना भाइरसको जोखिम सामना गर्न दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरण देखी आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन र आईसियुसम्मको अभावन हुन नदिन स्थानिय, प्रदेश र संघिय सरकारलाई युद्वस्तरमा कामगर्न समेत सुझाएको छ ।
यस्तो अवस्थमा कालोबारीको संभावना प्रसस्त रहेको भन्दै सरकारका प्रतिनिधीहरुको बजारमा उपस्थिती देखिन जरुरी भएको भन्दै सरकारको उपस्थितीले उपभोत्ताको हित संरक्षण हुने समेत विज्ञप्तीमा भनिएको छ ।
न्यून आय स्तर भएका र गरिवीका रेखा मुनी रहेका तथा दैनिक ज्यालादारी गरेर गर्जो टार्नेलाई यो अवस्थामा जिवन गुजारा गर्न गारो हुने भएकोले तत्कालै त्यस्ता जनताको हकम राहतका कार्यक्रम ल्याउन समेत तिनै तहको सरकारलाई सुझाव दिदै सवै देशवासीलाई रोग प्रति सर्तक रहन र एक भएर यसको सामना गर्न समेत जिल्ला कार्य समितिले आग्रह गरेको छ ।




