गोरखा समाचारदाता
काठमाण्डौं – माग अनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आयल निगमले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको छ ।
निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो ।
निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघले जनाएको छ ।
यसअघि सिलिण्डरमा १४ दशमलब दुई केजी ग्यास बिक्री हुँदै आएकोमा अव सात दशमलब एक केजी मात्रै दिने भएको हो ।
यसअघि भारतले गरेको नाकाबन्दीको समयमा पनि आधा सिलिण्डर ग्यास उपलब्ध गराइएको थियो ।


