गोरखा समाचारदाता
गोरखा – गोरखाका औषधी ब्यवस्यीहरुले आफु सुरक्षित भएर औषधी विक्री गरिरहेका छन ।
विश्वलाई नै आक्रान्त बनाउने गरी फैलिएको कारोना भाइरस (कोडिभ–१९) का कारण ब्यवसायीहरुले आफु सुरक्षित भएकार सेवा दिन थालेका हुन ।
अत्यावश्यकीय बस्तु भित्र पर्ने औषधी पसलले सेवा दिदा आफु सुरक्षित भएर दिनुपर्ने भन्दै बजारमा पाउने सामाग्रीबाट आफुलाई सुरक्षित राखेर औषधी विक्री गर्न थालेको ढकाल मेडिकल हलका प्रो.कृण्ण ढकालले बताए ।
अहिले जिल्ला सदरमुकाममा रहेका सबै औषधी पसलहरुले पहिले आफु सुरक्षित रहेर सर्व साधारणहरुलाई सेवा दिन थालेका छन ।
बिहान देखी औषधी विक्री गर्दा कति मानिसको अगाडी बसिन्छ । त्यसैले पनि पलिहे आफु सुृरक्षित हुनुपर्ने र आफु सुरक्षित भए मात्र अरुलाई सेवा दिन सकिने एक औषधी पसलमा रहेको औषधी विक्रेताले बताए ।
औषधी ब्यवसायी संघ गोरखाले पनि आफु सुुरक्षित भएर मात्र औषधी विक्री गर्न अनुरोध गरेको छ ।


