एजेन्सी – सरुवा रोग विशेषज्ञहरुले जुत्ताको सोलबाट पनि कोरोना भाइरस सर्ने जोखिम रहेको बताएका छन् ।
मानिसले लगाउने जुत्तको सोलमा उक्त भाइरस ५ दिनसम्म सक्रिय हुने जनाएका छन् । सुपरमार्केट, एयरपोर्ट, सार्वजनिक याताया लगायतका भिडभाड हुने ठाउँमा लगाएर गएको जुत्ताबाट कोरोना भाइरस संक्रमण फैलिन सक्ने उनीहरुले बताएका छन् ।
मानिसले लगाउने जुत्ता विशेष गरी लेदर, पीभीसी, रबर, प्लास्टिक लगायतबाट बनेको हुन्छ जसमा भाइरस, ब्याक्टेरिया जिवित रहने प्रवल सम्भावना रहेको हुन्छ ।
मिसोरी हेल्थ एडभाइजर डा. मेरी ई का अनुसार कोरोना भाइरस सिन्थेटिकबाट बनेको जुत्तामा ५ दिनसम्म सक्रिय रहने गर्छ भने प्लास्टिकबाट बनेको जुत्तामा १ देखि २ दिन सक्रिय रहन्छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफुले लगाउने जुत्ता घर बाहिर नै खोल्न चिकित्सकहरुले सल्लाह दिएका छन् । त्यस्तै घर बाहिर निस्किएर काम गर्नेहरुले दिनभरी एउटै जुत्ता लगाउन सुझाएका छन् ।
जुत्ता फेरिरहँदा समेत भाइरस सर्ने सम्भावना रहने चिकित्सकहरुले बताएका छन् ।




















