एजेन्सी – रोजर फेडेरर र उनकी श्रीमती मिर्काले स्विटजरल्याण्डका विपन्न परिवारलाई एक मिलियन स्विस फ्रांक सहयोग गरेका छन् ।
२० पटकका ग्रान्डस्लाम विजेता फेडेररले कठिन समयमा कोरोनाबाट प्रभावित आर्थिक अवस्था कमजोर भएका मानिसका लागि सहयोग रकम उपलब्ध गराएका हुन् ।
उनीहरुले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्न अपिल पनि गरेका छन् । कोरोना भाईरसको कारण स्विटजरल्याण्डमा नीजी र सार्वजनीक कार्यक्रम बन्द छन् ।
यस्तै अत्यावश्यक बाहेक सम्पूर्ण व्यापार ब्यवसाय अप्रिल १९ सम्मका लागि बन्द छन् । यसअघि टेनिस खेलाडी सिमोना हालेपले आफ्नो देश रोमानियामा चिकित्सा उपकरण खरिदका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेकी थिइन् ।


