गोरखा समाचारदाता
पोखरा – पोखरामा क्वारेन्टाइनमा रहेका एक व्यक्तिको ज्यान गएको छ ।
भारतको हैदराबादबाट फर्किएका कास्की रुपा गाउँपालिकाका ५० वर्षीय ब्यक्तिको ज्यान गएको हो ।
उनी रुपा गाउँपालिकाले मंगलबार देखी सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका थिए ।
बुधबार एक्कासी ढलेपछि उनको थप उपचारका लागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनी १२ दिनअघि भारतबाट नेपाल आएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
उनको मृत्यु हृदय घातका कारण भएको अनुमान गरिएको छ ।




















