गोरखा समाचारदाता
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लागू गरेको लकडाउनलाई पालना गर्दै घरमै बस्न जनतालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै सर्वसाधारण सबैलाई घरमै बसिदिन आग्रह गरेका हुन् ।
बुधबार एक फोटोसहित ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सबै अहिले लकडाउनमा छौं, अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस् ।’




















