गोरखा समाचारदाता
काठमाण्डौं – पोर्चुगलको लिस्वनमा बस्दै आएका नेपालका नविन तिम्सिनाले मानविय सहयोग उपलब्ध गराउने घोषणा गरेका छन ।
पोर्चुगल आएर बसोवास गर्दै गरेका र अलिहे खाद्यान्न नपाएका नेपालीहरुलाई नविनले सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन ।
हेम्जाका युवाव्यवसायी नविनले कारोना भाइरस (कोभीड १९) का कारण पोर्चुगल एतिवेला लकडाउनमा रहेको र सवै कम्पनीहरु वन्द भएकोले समस्यामा परेका नेपालीहरुले सम्र्पक गरे आफुले सम्वन्धीत स्थानमा निशुल्क खाद्यान्न सामाग्री पुरयाइ दिने घोषणा गरेका हुन ।
यती बेला नेपालीहरु यहाँ नयाँ हुनुहुन्छ र खाद्यान्न समस्याया परेमा आफुलाई खवर गर्न भन्दै फेसवुकमा एक भिडयो मार्फत आहवन गरेका छन् ।
उनले अरु नेपालीलाई पनि सहयोग गर्न अपिल गर्दै हामी नेपाली जहाँ जहाँ छौ त्यहीबाट सहयोग गर्न अपिल समेत गरेका छन् । भविष्य कस्तो हुने छ । हामीलाई थाहाँ छैन तर यो नियन्त्रण भन्दावाहिर छ । हामी सचेत रहनु पर्ने र एकले अर्कोलाई सहयोग गर्नुको विकल्प नरहेको उनले वताए ।
कोरोना भाइरसका कारण पोर्चुगल अहिले समस्यामा छ । पोर्चुगलमा व्यवसाय संचालन गरी रहेका नविन नेपाली कलाकार समेत हुन् ।


