गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा कोरोना भाइरसको थप एक नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले आज कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका विरामीमा संक्रमण पुष्टि भएको हो । रोगीका विषयमा विस्तृत विवरण सार्वजनिक भएको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ सय ८७ जनाको नमूना जाँच गरिएको छ । तिमध्ये तीन जनामा कोरोनाको संक्रमण भेटिएको छ । यसअघि चीन र फ्रान्सवाट फर्केका एक–एक जनामा संक्रमण भेटिएको थियो ।
चीनबाट फर्केका व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका छन । फ्रान्सबाट फर्केकी युवतीको भने टेकु अस्पतालमै उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।


