गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेका संख्या १८ हजार नाघेको छ । ४ लाख २१ हजार ३०० भन्दाबढी व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।
कोरोनाका कारण हिजो सम्म १८ हजार ८१० जनाको ज्यान गईसकेको छ भने १ लाख ८ हजार ३०० भन्दा बढी उपचारपछि निको भएर घर फर्किइका छन् । कोरोनाको सबैभन्दा बढी प्रभाव इटलीमा देखिएको छ ।
त्यहाँ झण्डै ६९ हजार संक्रमित भएका छन् भने ज्यान गुमाउको संख्या ६ हजार ८२० पुगेको छ ।
अमेरिकामा पनि कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ । त्यहाँ ५३ हजार ६०० भन्दा बढी संक्रमित भई सकेका छन् ।
त्यस्तै, स्पेनमा ४२ हजार ५८, जर्मनीमा ३२ हजार ९९१, इरानमा २४ हजार ८०० भन्दा बढीमा संक्रमण देखिएको छ ।


