गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ ।
प्राधिकरणको सञ्चालक समिति बैठकले मुलुक लकडाउनको अवस्थामा ग्राहकले रिचार्ज किनेर हाल्न नसक्ने भन्दै यस्तो ओदश दिएको हो ।
प्राधिरकण अध्यक्ष पुरुषोत्तम खनालले सापटी रकमको सीमा पनि बढाएर २०० रुपैयाँ पुरयाउन निर्देशन दिइएको छ ।
कम्पनीले सामजिक उत्तरदायित्व अन्तरगत रहेर ग्राहकलाई आर्थिक भार नपर्ने गरी नयाँ प्याकेज ल्याउन समेत प्राधिकरणले भनेको छ ।



