गौरीफन्टा – नेपाल–भारत सीमाको गौरीफन्टामा अलपत्र परेका नेपालीलाई अन्तिम पटक नेपाल प्रवेश गर्न दिईएको छ।
सीमा क्षेत्रमा अलपत्र उनीहरुलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल प्रवेश गर्न दिइएको हो ।
मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपाल प्रवेशको अन्तिम मौका दिने निर्णय संगै उनीहरुलाई आवश्यक चेक जाँच पछि नेपाल प्रवेश गर्न दिएको हो ।
आज उत्त नाकाबाट नेपाल प्रवेश गरेका सबैलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल प्रवेश गर्न दिईएको हो ।
१ हजार भन्दा बढीको संख्यामा रहेका नेपालीहरुलाई प्रदेश सरकारले स्थानिय सरकार संग समन्वय गरी क्वारेन्टाइनमा राखिने भएको हो। नेपाल प्रवेश गर्न नपाएका उनीहरुले भारतीय भूमिबाट ढुङ्गामुढा समेत गरेका थिए ।


