कैलासबावु श्रेष्ठ
गोरखा – सरकारले सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको पहिलो दिन मंगलबार गोरखा सदरमुकाम केही सुनसान बनेको छ ।
सरकारले औषधि उपचार र खाद्यवस्तु खरिदबाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आग्रह गरेपछि सर्वसाधारण घरबाहिर निस्केका छैनन् भने यातायातका साधन पनि चलेका छैनन् । औषधी बाहेकका सबै पसलहरु बन्द गरिएका छन् ।
सधै जसो ब्यस्त रहने गोरखा सदरमुकाम बिहान केही बेर केही उच्छृखल ब्यक्तिले सवारी चलाएको भएता पनि सवारी नियन्त्रणमा लिन थाले पछि त्यो काम भने दिनै भरी दोहरीन पाएन ।
पहिलो दिन ८५ मोटरसाईकल र २४ ठुला साना सवारीलाई नियन्त्रणमा लिएको थियो । लक डाउन समाप्त नहुदा सम्म चलादिन भन्ने सर्तमा एक पटकको लागि नसिहत नदिइकनै छाडिने र भोली नि सोही कार्य दोहरयाएको खण्डमा कानूनी कारवाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।






