गोरखा समाचारदाता
पोखरा – कोरोना भाइरसबारे भ्रम फैलाउने एक पाष्टरलाई प्रहरीले पोखराबाट पक्राउ परेका छन् ।
यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाएको आरोपमा जुम्ला घर भई हाल पोखरा बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । उनको त्यो प्रबचन सामाजिक सञ्जालमा भाईरल नै भएको थियो ।
आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।


