गोरखा समाचारदाता
चितवन – भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराई रहेका एक युवकको ज्यान गएको छ ।
मंगलबार विहान ७ बजे ज्यान गएको अस्पतालका उच्च अधिकारीले पुष्टी गरेका छन ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका युवकको ज्यान गएको हो । शव अहिले अस्पतालमा नै राखिएको छ ।
चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा उपचार गराई रहेका थिए ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।
उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट राजधानी पठाइएको छ ।




















