गोरखा समाचारदाता
गोरखा – जिल्ला भित्र सञ्चालित सबै बैंक तथा बित्तिय संस्थाहरु बन्द गरिएको छ ।
जिल्ला प्रसासन कार्यालय गोरखाले बैंक तथा बित्तियसंस्थाहरु पत्रचार गरी तत्कालका लागि सबै काम कारवाही बन्द गर्न निर्देशन दिए लगत्तै बन्द भएको हो ।
कार्यालयले आज (मंगलबार) सूचना जारी गरि बिश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई मध्ये नजर गर्दै मंगलबारदेखि नै लागू हुनेगरी सवै बैकं, सहकारी, लधुबित्त सस्था, फाइनान्स लगायतका संस्था सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।
प्रशासले जारी गरेको सूचनाको आधारमा जिल्ला भित्र रहेको सबै बैंक तथा ब्त्तििय संस्था बन्द भएका छन । बैंकले एटिएम मेशिन भने खुल्ला गरेको छ ।



