एजेन्सी – कोलम्बियाको राजधानी बोगोटामा रहेको रहेको जेलमा झडप हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ ।
बोगोटामस्थित ला मोडेलो जेलमा कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण उत्पन तनावकाबिच कैदी भाग्ने प्रयास गर्दा झडप भएको हो ।
झडपमा ८३ जना कैदी घाइते भएका छन । संक्रमण फैलिएको समयमा पनि जेलमा क्षमताभन्दा बढी मानिस राखिएको भन्दै आइतबार कोलम्बियाभरका कैदीले जेलमा प्रदर्शन समेत गरेका छन् ।
उनीहरुले आफुले पर्याप्त स्वास्थ्य सेवा समेत नपाएको गुनासो गरेका छन् । सरकारले भने कैदीहरु कोरोनाको मौका छोपेर भाग्न चाहेको आरोप लगाएको छ ।


