गोरखा समाचारदाता
गोरखा – नेपाल सरकारले लामो दुरीको सार्वजनिक यातायातलाई रोक्ने निर्णय गरे संगै गोरखामा रहेका केही यातायात सेवाले पनि आफ्ना यातायात सेवा सोमबार देखी पुर्ण रुपमा बन्द हुने गरी विज्ञप्ती जारी गर्न होडबाजी नै चल्यो ।
जिल्लामा सेवा दिई रहेका पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी, दरौदी यातायाता सेवा र मनकामना यातायात सेवा प्रालिले विज्ञप्ती नै जारी गरी आज (सोमबार) देखी यातायात सेवा स्थागित गरेको जनाएको थियो ।
तर सोमबार बिहान हुन नपाउदै विज्ञप्ती निकाल्ने यातायात सेवाका बसहरु भने ग्राहकलाई बसमा कोचेर यात्रा गराउदै गरेको दृष्य सबैले हेरी रहे ।
बिहान ६ बज्न नपाउदै गोरखाबाट पोखरा जाने यात्रुलाई पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी द्वारा सञ्चालित बसले बोलाई रहेका दृष्य सहजै देखिन सकिन्थ्यो । त्यसो त सरकारले आजै देखी लागु हुने गरी यातायाता एक जिल्लाबाट अर्को जिल्लामा जान निषेश गरेको छ ।
आफुखुशी चलाउनेलाई प्रशासनले कारवाही गर्नु पर्छ : विपिन ढकाल
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी गोरखाका प्रतिनिधी विपिन ढकाल आफ्नो समितिका केही सवारी सञ्चालनमा आएको स्विकार गर्दै त्यस्ता सवारीलाई प्रशासनले कारवाहीको दायरामा ल्याउनु पर्ने बताउछन । ‘हामीले हिजो नै नेपाल सरकारलाई सहयोग हुने गरी सबै सवारी चालक, सह चालक र सवारी धनीलाई सोमबार देखी कुनै पनि सवारी सञ्चालनमा नल्यान भनि सकेका छौ । वहाँहरु जवरजस्ती गरेर सवारी चलाउनु हुन्छ भने त्यसमा समितिको कुनै पनि जिम्मेवारी नहुने र त्यस्ता सवारीलाई प्रशासनले कारवाही गनुपर्ने’ बताए ।
आफ्नै आखाँ पनि समिति भित्रका सवारी सडकमा देखेको भएता पनि समितिले केही गर्न नसक्ने बताउछन समितिका प्रतिनिधी ढकाल । समितिले टिकट काटेको छैन र चलानी पनि दिएको छैन । यस्तो अवस्था कुनै पनि दुर्घटना भएको खण्डमा समितिले त्यसको जिम्मेवारी लिदैन उनले भने ।
जवरजस्ती गर्नेलाई प्रशासनले नै कारवाही गर्ने हो : अन्जनबावु खत्री
दरौदी यातायाता सेवा प्रालिका सचिव अन्जनबावु खत्री पनि नियम नमान्ने सवारीलाई प्रशासनले नियन्त्रणमा लिनु पर्ने र कानूनी कारवाही गनुपर्ने बताउछन । ‘हामीले आईतबार नै जिल्ला भित्र ग्रामिण सडकमा चल्ने र जिल्ला बाहिर जाने यात्रुबाहक बस तथा माइक्रोलाई तत्कालको लागि सेवा स्थगित गरेको जानकारी गराई सकेका छौ । सूचना पाएर पनि नियम उल्घंन गर्छ भने त्यस्ता सवारीलाई प्रशासनले नियन्त्रणमा लिएर कानूनी कारवाही गनुपर्ने’ उनको धारणा रहेको छ ।
हामी केही जान्दैनौ, समितिले यात्रुको लागि टिकट काटेको छैन र चलानी पनि दिएको छैन । तर यती हुदा हुदै पनि यात्रु ओसार पसार गर्दा केही भयो भने त्यसको जिम्मेवारी सवारी चालक र सवारी धनिले लिनुपर्ने र त्यसको जवाफ प्रशासनले दिनुपर्ने सचिव खत्रीले बताए । हामीले सरकारको काममा सहयोग गरेका हौ, अटेर गरेर सवारी चलाउछ भने कारवाही गर्ने निकाय त प्रशासन नै हो नि भन्छन खत्री ।
आईतबार नै विज्ञप्ती निकालेर जिल्ला भित्र र बाहिर चल्ने कुनै पनि यात्रुबाहक सवारीलाई तत्कालको लागि सेवा स्थगित गरेको दरौदी यातायातको सवारी पक्की सडकमा नेदेखिए पनि कच्ची सडकमा भ्याई नभ्याई भएको छ ।
ध्याम्पेशाल चोकबाट चल्ने ग्रामिण रुटको यात्राका लागि सोमबार बिहान देखी नै त्यहाँ सवारी तम्तयार थिए भने यात्रु पनि धकेला धकेल गरेर बसमा यात्रा गर्दै थिए । सह चालक हौसियर अझै जाने स्थानमा नाम लिदै चाढो सवारीमा बस्न भन्दै थिए ।
मनकामना यातायातका ट्याक्सी पनि जताततै
मनकामना यातायात सेवा प्रालिले पनि आईतबार नै आकस्मिक बैठक गरी सवारी चालक र सवारी धनीलाई केही दिनका लागि सेवा स्थगित गरी घरबाट नै अत्यावश्यकीय सेवा दिन भनेको भएता पनि त्यस संग सम्वन्धीत धेरै जसो ट्याक्सी अहिले बजारमा गुडी रहेको देखिन्छ ।
१०० को हाराहारीमा रहेको ट्याक्सले अहिले गोरखा बजार हुदै ग्रामिण ईलाकामा यात्रु ओसार पसार गरी रहेको सहजै देख्न सकिन्छ ।
यसै बिषयमा गोरखा समाचार अनलाईनले गोरखाका प्रमुख जिल्ला अधिकारी संग किन त बन्द भनेर पनि यातायात सुचारु गर्न छुट दिनु भएको त ? भन्ने जिज्ञासा गरेका थियौ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सरकारले गरेको यती महत्वपुर्ण निर्णयलाइ हल्का रुपमा जवाफ दिए । उनले ‘आजका दिनमा हामीले गाउँ जाने सवारीलाई नरोकौ नै भनेका हौ । हामी यो बिषयमा छलफल गछौ र भोली के गर्ने भन्ने बिषयमा निर्णय लिन्छौ’ भने ।
यातायाता सञ्चालक प्रशासनलाई औला तेसार्ने र प्रशासन मौन बस्नुले भोलीका दिनमा समस्या आई हाल्यो भने कसले यसको जवाफ दिने होला ?



