गोरखा समाचारदाता
दमौली – तनहुँको घाँसीकुवामा बस दुर्घटना हुदा गोरखाकी एक युवतीको ज्यान गएको छ ।
आइतबार भएको बस दुर्घटनामा परी गोरखा नगरपालिका १३ देउराली घर भईकी युवतीको ज्यान गएको हो ।
तनहुँको शुक्ला नगरपालिका २ बस्दै आएकी २६ बर्षिया शर्मिला ठकुरीको दुर्घटनामा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनुहुँ दमौलीले जानकारी दिएको छ ।
आँवुखैरेनी देखी दमौली तर्फ आउदै गरेका ग. १ ख ९४०० नम्बरको यात्रु बाहक बस व्यास नगरपालिका १२ को घाँसीकुवामा दुर्घटना भएको थियो। घटनामा परी अन्य ३ जना समेत घाईते भएका छन ।




















