गोरखा समाचारदाता
धनगढी – कैलालीको फुलबस्तीमा आगोमा राखेर बस्तु बगाल्ने क्रममा विस्फोट हुदा एक जनाको ज्यान गएको छ ।
विकट क्षेत्र गोदावरी नगरपालिका ४ को फुलबस्तीको घटनामा परी नरबहादुर विकको ज्यान गएको हो ।
कैलाली प्रहरीले दिएको जानकारी अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारी आगोमा राखेर पगाल्ने क्रममा विस्फोट भएर घटना स्थलमा नै ज्यान गएको थियो ।
अहिले घटना स्थल तर्फ प्रहरी टोली परिचालन गरीएको कार्यालयले जनाएको छ । उत्त बस्तु के थियो भन्ने कुरा घटना स्थलमा प्रहरी नपुग्दा सम्म भन्न नसकिने कार्यालयले जनाएको छ ।


