गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले भोलीदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारीलाई आउ जाउ गर्न रोक लगाएको छ ।
सोमबारबाट लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएने निर्णय संगै अब एउटा जिल्लाबाट अर्को जिल्लामा जान समेत रोक लगाको हो ।
तर यो नियम भने संघिय राजधानी काठमाण्डौ बाहेक अरु जिल्लामा मात्र लागु हुने सरकारले जनाएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो नियम लागु हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
कार्यालयका अनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चलाउन पाइने छ ।


