गोरखा समाचारदाता
काठमाण्डौं – भारतको बिहार राज्यमा कोरोना भाइरसको संक्रमणका कारण आईतबार थप १ जनाको ज्यान गएको छ ।
बिहारको राजधानी शहर पटनाको एक्स अस्पतालमा कतारबाट फर्किएका व्यक्तिको ज्यान गएको हो ।
मृतक व्यक्ति अखिल भारतीय मेडिकल साइनस, पटनामा मिर्गौलाको उपचारका लागि गएका थिए । दुबै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान ज्यान गएको थियो ।
अस्पतालले उनको कोरोना पोजेटिभ भएकै कारण मृत्यु भइसकेको जनाइएको छ । विहारमा अहिलेसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेको थिएन ।
योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ ।


