गोरखा समाचारदाता
गोरखा – कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै गोरखाको गोरखाकाली मन्दिरमा समेत सर्व साधारणहरुलाई पुजामा रोक लगाईएको छ ।
जिल्ला सुरक्षा समितिले संक्रमण फैलन सक्ने भन्दै आउदै गरेको चैते दशैंमा सर्व साधारणहरुलाई पुजामा रोक लगाएको हो ।
समितिको आईतबार बसेको बैठकले धेरै मानिस जम्मा हुदा कोरोना भाइरस (कोडिभ १९) को संक्रमण फैलन सक्ने संभावित खतरालाई मध्यनगर गर्दै चैते दशैंको पुजामा सर्व साधारणहरुलाई रोक लगाएको हो ।
अब मन्दिरमा गोरखा दरर्बार हेरचाह अडले गर्ने नियमित पुजा बाहेक केही समयका लागि सर्व साधारणहरुले पुजाआजा गर्न पाउने छैन । यस्तै गरी अघिल्ला बर्षहरुमा झै यो बर्ष मन्दिर परिषरमा मेला महोत्सव समेत गर्न नपाउने निर्णय भएको छ ।
समितिले यस अघि नै नेपालकै प्रसिद्व मनकामना मन्दिरमा सर्व साधारणहरुलाई पुजामा रोक लगाई सकेको छ ।



