गोरखा समाचारदाता
महोत्तरी – कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप भारतमा आज जारी गरिएको जनता कर्फ्युको समर्थन गर्दै महोतरीको मटिहानीमा पनि जनता कर्फ्यु लगाइएको छ ।
जिल्लाकै सवैभन्दा ठुलो व्यापारिक क्षेत्रको रुपमा चर्चित मटिहानी नगरपालिकामा पर्ने मटिहानीमा विहानदेखि सुरु भएको कर्फयु बेलुकासम्म कायम रहनेछ ।
सामाजिक दूरीलाई कायम गर्नेसम्बन्धी जनचेतना जगाउने अभियानस्वरुप स्वत रुपमा स्थानीयहरुले समर्थन गर्दै यो कर्फ्यु जारी लगाईएको हो । भारतको मधुबन्नी जिल्लासंग सिमाजोडिएको मटिहानी बजारका पसलहरु सबै बन्दछन् ।
दैनिक दर्जनौ सवारी साधन गुडने मटिहानीका सडकहरू सुनसान छन् । मूल सडक देखि भित्री गल्लीहरुमा समेत फाट्टफुट्ट मात्र सवारी साधन चलेका छन् । मानिसहरूको ओहोरदोहोर पनि कम देखिएका छन् ।
जलेश्वर भन्सार नाकाबाहेक सवै नाका बन्द गरिएको छ ।


