गोरखा समाचारदाता
गोरखा – सूचना प्रवाहमा देखिएको समस्याका कारण सदरमुकाममा मानिसहरुको भिड लागेको छ ।
जिल्ला सुरक्षा समिति गोरखाले २५ जना भन्दा बढी भेला नहुन भनेता पनि बिहानै देखी गोरखा सदरमुकाममा सरकारी तथा बैंकहरुमा सेवालिनेहरुको भिड लागेको देख्न सकिन्छ ।
सरकारी कार्यालयमा सेवा लिन आएकाहरु कार्यालय बन्द भए पछि सूचना हेरेर फर्किएका छन भने बैंक तथा वित्तिय संस्थाहरुमा भने बिहानै देखी मानिसहरुको भिड देखिएको छ । सदरमुकाममा रहेको केही बैंकमा अहिले सयौंको संख्यामा मानिसहरु जम्मा भएर सेवा लिई रहेको भएता पनि प्रशासन भने यसबाट वेखबर भएको देखिन्छ ।
अहिले सदरमुकामको राष्ट्रिय बाणिज्य बैंकमा सेवा लिनेहरुको लर्को नै छ । बिना मास्क र मास्क लगाएकाहरुको यो भिड देख्दा कुनै संकट आई लागेर बैंकको लाइनमा जम्मा भए जस्तो देखिएको छ ।
जिल्ला स्थित प्राय सरकारी कार्यालयले सूचना जारी गर्दै आगामी २१ गते सम्म सबै सेवा बन्द गरेको जानकारी गराएको छ ।
नेपाल बिद्युत प्राधिकरण वितरण शाखा गोरखामा विद्युत महशुल बुझाउनेलाई स्यानिटाईजर दिदै सुरक्षाकर्मी
सुनशान जिल्ला प्रशासन कार्यालय गोरखा
सुनसान अफिस यरिया
सुनसान मालपोत कार्यालय गोरखा
भिडभाड देखिएको राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखा
भिडभाड देखिएको राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखा
भिडभाड देखिएको राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखा
भिडभाड देखिएको राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखा
भिडभाड देखिएको राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखा











