गोरखा समाचारदाता
काभ्रे – काभ्रेको बनेपामा आईतबार विहान भएको दुर्घटनामा परी २ जनाको ज्यान गएको छ ।
बनेपान गरपालिका १३ स्थित भैसेपाटीमा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिदा उदयपुर रौतमाई गाउँपालिका ४ का ३५ बर्षीय मिनबहादुर श्रेष्ठ र उनका ५ बर्षीय छोरा सुविन श्रेष्ठको ज्यान गएको हो ।
गम्भीर घाइते श्रीमति सुनीता श्रेष्ठको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको छ । बा. ५ ख २३९० नम्बरको मिनि ट्रकले श्रेष्ठ दम्पती चढेको बा. ५७ प ७२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
उनीहरु कोरोनाको संक्रमणको त्रासले काठमाडौबाट घर जान लागेका थिए । ठक्कर दिने ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


