एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गएको छ ।
सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ज्यान गएको हो ।
उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष थिए ।
उनको अध्यक्षतमा रियलले २ पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।



