गोरखा समाचारदाता
काठमाण्डौं – विश्वप्रसिद्ध इ–कमर्श कम्पनी अलिबाबाले नेपाललाई कोरोना भाइरस रोकथामका लागि सहयोग सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।
अलिबाबाका अध्यक्ष ज्याक माले आज सामाजिक सञ्जालमार्फत नेपाल सहित अन्य केही देशलाई मास्क, टेस्ट किट लगायतका सामाग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।
सामाग्री छिटो छरितो माध्यमद्वारा ति देशहरुलाई उपलब्ध गराइनेछन् । अलिबाबाले नेपाल लागतयका देशलाई १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट र ३६ हजार उपचारमा सग्लन चिकित्सकले लगाउने पोशक उपलब्ध गराउने घोषणा गरेको हो ।
यी सामग्री नेपाल सहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकाले पाउने अलिबाबाले जानकारी दिएको छ ।
अलिबाबाले यसअघि अमेरिका र युरोपका देशहरुलाई पनि सहयोग उपलब्ध गराएको थियो ।




















