गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरस संक्रमणबाट इटलीमा गएको २४ घण्टामा ६२७ जनाको ज्यान गएको छ । शनिबार बिहानसम्म इटलीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।
गएको २४ घण्टामा मात्रै ५ हजार ९८६ जनामा संक्रमीत भेटीए पछि त्यहाँ संक्रमितको संख्या ४७ हजार २१ पुगेको छ ।
त्यस्तै गरी भारतमा पछिल्लो २४ घण्टामा १ जनाले ज्यान गुमाए पछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
रतमा संक्रमितहरुको संख्या संख्या २ सय ४९ पुगेको छ ।
अमेरिकामा पनि पछिल्लो २४ घण्टामा ५७ जनाको ज्यान गएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २६४ पुगेको छ ।
मेरिकामा संक्रमितको संख्या १९ हजार ६ सय ४० पुगेको छ ।
इरानमा एकै दिनमा १४९ जनाको ज्यान गएर ज्यान गुमाउदा त्यहाँ ज्यान गुमाउनेहरुको संख्या १ हजार ४३३ पुगेको छ ।
स्पेनमा पनि शनिबार बिहानसम्ममा १ हजार ९३ जनाको ज्यान गएको छ ।
चीनमा अहिलेसम्म ३ हजार २५५ जनाको ज्यान गएको छ । ८१ हजार ८ जना संक्रमित मध्ये ७१ हजार ७ सय ४० जना निको भएर बिरामीको संख्या ६ हजार १३ मा झरेको छ ।
शनिवार बिहानसम्म कोरोना भाइरस १८५ देश र एउटा पानीजहाजमा गरी २ लाख ७६ हजार १०४ जना संक्रमित भएकोमा ११ हजार ४०२ जनाको ज्यान गैसकेको छ ।




















