गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरस संक्रमणबाट इटलीमा गएको २४ घण्टामा ६२७ जनाको ज्यान गएको छ ।
शनिबार बिहानसम्म इटलीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।
गएको २४ घण्टामा मात्रै ५ हजार ९८६ जनामा संक्रमीत भेटीए पछि त्यहाँ संक्रमितको संख्या ४७ हजार २१ पुगेको छ ।




















