गोरखा समाचारदाता
गोरखा – गोरखा कारागारमा रहेको कैदी बन्दीहरुलाई भेटघाटमा प्रतिबन्ध लगाईएको छ ।
कोरोना भाइरसको जोखिम बढेको भन्दै कारागारमा रहेका बन्दीहरुलाई भेटघाटमा प्रतिवन्ध लगाइएको हो ।
कारागार शाखाले दिएको जानकारी अनुसार कैदी बन्दीका आफन्त वा अरु कोहीलाई पनि केही समयका लागि भेटघाट तथा खानेकुरा आदान प्रदानमा प्रतिवन्ध लगाइएको छ ।
कार्यालयका निमित्त प्रमुख रबिलाल सुवेदीका अनुसार कारागार भित्र बन्दीहरुको चाप उच्च रहेकोले कुनै पनि ब्यक्ति संक्रमित भएको खण्डमा ठुलै समस्या आउने भए पछि अर्को निर्णय नहुदा सम्म भेटघाट तथा खानेकुरा आदान प्रदानमा पुर्णरुपमा प्रतिवन्ध लगाइएको हो ।
कारागार प्रशासनले कैदी बन्दीहरुलाई नियमित रुपमा साबुन पानीले हात धुन र मास्क लगाउन समेत भनेको छ ।




















