गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म १० हजार ४९ व्यक्तिको ज्यान गएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार विश्वभरी २ लाख ४६ हजार १७८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिहरुमा ८८ हजार ४८३ जना उपचारपछि घर फर्किएका छन् ।
१ लाख ४७ हजार ६४६ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परीसकेको छ ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।
चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणबाट चीनमा मात्रै ३ हजार २४८ व्यक्तिको ज्यान गएको छ भने, ८० हजार ८६७ जना सङ्क्रमित रहेका छन् ।
अन्य देशको हाल सम्मको विवरण
इटाली – ३ हजार ४०५ व्यक्तिको ज्यान गएको छ । ४१ हजार ३५ जना सङक्रमित रहेका छन् । ४ हजार ४४० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरान – १ हजार २४८ व्यक्तिले ज्यान गुमाएका छन । त्यहाँ १८ हजार ४०७ जना सङक्रमित रहेका छन् भने ५ हजार ९७९ व्यक्ति उपचारपछि घर फर्किएका छन।
स्पेन – ८३१ व्यक्तिको ज्यान गएको छ । १८ हजार ७७ जना सङक्रमित रहेका छन् । १ हजार १०७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
जर्मनी – ४४ व्यक्तिको ज्यान गएको छ । १५ हजार ३२० जना सङक्रमित रहेका छन् । ११५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
अमेरिका – २१७ व्यक्तिको ज्यान गएको छ । १४ हजार ३६५ जना सङक्रमित रहेका छन् । १२५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्स – ३७२ व्यक्तिको ज्यान गएको छ । १० हजार ९९५ जना सङक्रमित रहेका छन् । १ हजार २९५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरिया – ९४ व्यक्तिको ज्यान गएको छ । ८ हजार ६५२ सङ्क्रमित भएका छन् । २ हजार २३३ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्विजरल्याण्ड – ४३ व्यक्तिको ज्यान गएको छ । ४ हजार २२२ सङ्क्रमित भएका छन् । १५ जना भने उपचारपछि घर फर्किएका छन् ।
बेलायत – १४४ व्यक्तिको ज्यान गएको छ । ३ हजार २६९ सङ्क्रमित भएका छन् । ६५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
भारत – ५ व्यक्तिको ज्यान गएको छ । २०१ वटा कोरोनाभाइरस सङ्क्रमणका घटना देखापरेका छन् ।
पाकिस्तान – २ जनाको ज्यान गइसकेको छ । ३०७ जना सङक्रमण घटना देखापरेका छन् ।
श्रीलङ्का – ६० जना सङक्रमण घटना देखापरेका छन् ।
अफगानिस्तान – २२ जना सङक्रमण घटना देखापरेका छन् ।
बङ्गलादेश – १४ जना सङक्रमण घटना देखापरेका छन् ।
माल्दिभ्स – १३ वटा सङक्रमण हालसम्म देखापरेको छ ।


