गोरखा समाचारदाता
गोरखा – विश्व कोरोना भाईरसका कारण आक्रान्त छ । खोपको विकास पनि हालै भएको छ । तर गोरखामा कोरोना विरुद्व गुरुकुलले हनुमान चालिसा पाठ गरेका छन ।
भाईरस वायुबाट फैलने र वायुपुत्र मनुमानलाई प्रसन्न पार्न सके रोग बाट जोगिन सकिने भन्दै शुक्रबार बिहान गुरुकुलले हनुमान चालिसा पाठ गरेको हो ।
गोरखा सदरमुकामको छहरेमा रहेको गुरुकुलमा कोरोना विरुद्व हनुमान चालिसा पाठ गरिएको प्राचार्य ईश्वरीप्रसाद उपाध्यायल बताए । उपाध्यायले हनुमान चालिसाको पाठ संगै विश्व शान्तिको अन्य पाठहरु पनि भई रहेको जानकारी दिए ।
गुरुकुलमा भएकाहरुले विहान ९ बजे देखी साँझ ५ः३० बजे सम्म पाठ गरिएको छ । गुरुकुलमा अध्ययन गर्ने र त्यहाँका गुरुले गएको ३ दिन देखी पाठ गरेको गुरुकुल प्रशासनले जनाएको छ ।


