गोरखा समाचारदाता
काठमाण्डौं – चीनलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान भूकम्प गएको छ । चीनको पश्चिमी सीजाङमा गएको ६.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का नेपालका धेरै जसो सिमा क्षेत्रमा महशुस गरीएको थियो भने राजधानी काठमाण्डौंमा समेत धक्का महशुस गरिएको थियो ।
शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले के कति क्षति पुरयाएको छ त्यसको विवरण भने आउन बाँकी नै छ ।




















