गोरखा समाचारदाता
नवलपुर – नवलपुरको धारापानीमा ठुलो परिमाणमा हतियार बरामद गरिएको छ ।
जिल्लाको हुप्सेकोट गाउँपालिका २ को चपाहा धारापानीमा रहेको एक घरबाट ठुलो परिमाणमा हतियार बरामद भएको हो ।
स्थानिय ताराबहादुर बिकको घरमा ठुलो परिमाणमा हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा हतियार फेला परेको थियो ।
ठुलै परिमाणमाको हतियार फेला परेका प्रहरीले स्विकार गरे पनि विस्तृत विवरण भने दिन मानेनन् ।
नवलपुर प्रहरी कार्यालय कावासोतीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षकले आज अदालत बन्द भएकोल मुद्वा दर्ता गर्न नसकेकोले विवरण उपलब्ध गराउन आफुलाई असहज भएको भन्दै सूचना दिन मानेनन् ।
बिकले घरको कोठामा लुकाई राखेको हतियार अमेरिकमा बनेको ९ एमएमको पेस्तोल, ठुलो परिमाणको गोली, एसएलआर, एम १६ हतियार, ३.३ को हतियारहरु फेला परेको गोप्य श्रोतले जानकारी दिएको छ ।


