गोरखा समाचारदाता
पोखरा – पोखराको मियापाटनमा चितुवाको आक्रमणबाट गोरखाका थापा थरका ब्यक्ति सहित २ जना घाईते भएका छन ।
बिहीबार बिहान कोठामा बसी रहेका थापालाई आक्रमण गरेको देखी छुट्टाउन जादा अर्का एक ब्यक्ति पनि घाईते भएका हुन ।
पोखरा महानगरपालिका १३ को मियापाटनको खगेन्द्रबहादुर गुरुङको घरमा डेरा गरी बस्ने गोरखा नगरपालिका ७ आमडाडाँका ३० बर्षिय श्याम थापालाई चितुवाले एक्कासी आक्रमण गरेर घाईते बनाएको हो । थापालाई आक्रमण गरेको देखेर छुटाउन पुगेका शसत्र प्रहरी फटिक मगर समेत घाईते भएका छन ।
पोखरा औद्यौगिक क्षेत्रमा डेरी गरी बसेका थापालाई बिहान ७ बजेको समयमा चितुवाले एक्कासी आक्रमण गरेको थियो । थापालाई आक्रमण गरेको देखेका औद्योगिक क्षेत्रमा कार्यरत शसत्र प्रहरी ३४ नम्बर गुम्मका मगरले छुट्टाउन जादा मगरलाई समेत चितुवाले आक्रमण गरेर घाईते बनाएको थियो ।
घाईते दुवैको पश्चिम क्षेत्रिय अस्पताल पोखरामा उपचार भई रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
आक्रमण गर्न आउने चितुवालाई सोही घरको बाथरुममा थुनेर बन्दी बनाई बन कार्यालयलाई बुझाइएको छ ।
लामाचौरका मगर अचेत हुदा ज्यान गयो
त्यस्तै गरी पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २७ बर्षिय सुनिल पुनः मगर बिहीबार अचेत हुदा ज्यान गएको छ ।
बुधबार साँझ खाना खाएर सुतेका मगर बिहीबार बिहान अबेर सम्म पनि नउठे पछि उठाउन जादा अचेत अवस्थामा फेला पारी उपचारको क्रममा लादा चिकित्सकहरुले मृक्त घोषित गरेको हो ।
मगरलाई मातृ शिशु अस्पतालमा उपचारको लागि लादा त्यहाँका चिकित्सकहरुले मृक्त घोषित गरेका थिए ।




















