गोरखा समाचारदाता
मुस्ताङ – मुक्तीनाथ दर्शनका लागि आएका एक तिर्थ यात्रीको ज्यान गएको छ ।
तनहुँ जिल्ला भिमाद नगरपालिका घर भएका २८ बर्षिय जितबहादुर रानाभाटको ज्यान गएको हो ।
मुस्ताङ प्रहरी दिएको जानकारी अनुसार जिल्लाको थसाङ गाउँपालिका ३ को खाङलो होटल नजिकै कालिगण्डकीमा रानाभाटको मृक्त शरिर फेला परेको हो ।
बिहीबार बिहान कालीगण्डकी नदी किनारमा घोप्टो परेको अवस्थामा रानाभाटको मृक्त शरिर फेला परेको हो । मृक्तक ब्यक्ति ३ गते नै मुक्तीनाथ दर्शनका लागि आएको बुझीएको प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा अनुसन्धान भई रहेकोले घटना के कसरी भयो भन्ने बारे भन्न नसकिने मुस्ताङ प्रहरीले जानकारी दिएको छ ।


