गोरखा समाचारदाता
पोखरा – बागलुङ र नवलपुरमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ६ जना घाईते भएका छन ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बागलुङमा निसीखोला गाउँपालिका ५ को ढाडा स्थित मध्यपहाडी लोकमार्गमा ग.१ त ६३०० नम्बरको ट्याक्टर अनियन्त्रीत भएर पुलको बारमा ठोकिदा चालक सहित ४ जना घाईते भएका थिए भने नवलपुरको मध्यबिन्दु नगरपालिका ७ को चोरमारामा कावासोतीबाट आरुनखोला तर्फ जादै गरेको ना.४ ख २३५० नम्बरको ट्रकले लु.१९ प ५७१० नम्बरको मोटर साईकललाई ठक्कर दिदाँ २ जना घाईते भएका थिए ।
चोरमार घटनामा परी घाईते भएकाहरुको चितवन मेडिकल कलेजमा उपचार भई रहेको छ ।
घाईतेका नाम र ठेगाना
बागलुङ घटना
१) बागलुङ निसिखोला गाउँपालिका-३ बोहोरागाउ बस्ने वर्ष १८ को किरण बुढा (अवस्था सिरियस)
२) ऐ.बस्ने चालक वर्ष १८ को अर्जुन बुढा (अवस्था सिरियस)
३) ऐ.बस्ने वर्ष १५ को समिर बुढा (अवस्था सामान्य)
४) ऐ.बडिगार्ड गाउँपालिका-२ बस्ने वर्ष ११ को बिवेक बुढा (अवस्था सामान्य)
नवलपुर घटना
१. चालक हुप्सेकोट गाउँपालिका(६ बस्ने वर्ष अन्दाजी २२ को तिल बहादुर सोमै
२. ऐ.ऐ.बस्ने वर्ष अन्दाजी २५ को होम बहादुर सोमै


