गोरखा समाचारदाता
गोरखा – विश्वभर फैलिएको कोरोना भाईरस (कोडिभ १९) का कारण मनकामना केबलकार समेत बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालिले बिहीबार एक सूचना जारी गर्दै केही समयका लागि केबलकार बन्द गर्नलागेको सूचना जारी गरेको हो ।
चितवनको चेरेश देखी गोरखाको मनकामना मन्दिर सम्म चल्ने नेपालकै पहिलो केबलकार कोरोना भाईरसका कारण बन्द गर्न लागेको प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले बताए । मनकामना दर्शनका लागि सञ्चालित केबलकारले चैत्र ८ गते देखी ३० गते सम्म आफ्नो सेवा स्थगित गरेको हो ।
प्रालिले सूचना जारी गदै ‘स्वास्थ्य नै सर्वोपरी हो भन्ने यस कम्पनीले सामाजिक, ब्यवसायिक उत्तरदायित्व महसुस गर्दै भाईरस फैलन नदिन सेवा स्थगित’ गर्नुपरेको सूचनामा भनेको छ ।
केबलकारले कोरोना भाईरसको संक्रमण फैलन नदिन दैनिक २ पटक कार र स्टेशनलाई सेनेटाईजर झोल छकर्दै आएको थियो ।
यो सिजनमा दैनिक ३ हजार ५०० देखी ९ हजार मानिसले केबलकारको यात्रा गर्ने गर्दथ्यो ।



