गोरखा समाचारदाता
काठमाण्डौं – पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट सर्व साधारणहरु बाहिरिनेक्रम सुरु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा ह्रवात्तै वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवरले समेत केही दिन यता देखी उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताउँछन् ।
उपत्यका छाडनेहरु आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा भीड लागेको थियो ।
हाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले पनि बिदा मनाउनका लागि उपत्यका छोड्ने क्रम बढेको बताउँछन् ।
महाशाखाका अनुसार २ दिनमा १८ हजार ४४१ सवारी साधन उपत्यकाबाट बाहिरिएका छन् । अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरे पनि पछिल्लो समय ९० हजार धेरै मानिस बाहिरिएका छन् ।


