गोरखा समाचारदाता
गोरखा – प्रहरी चेक जाँचको क्रममा अभद्र ब्यवहार गरेको भन्दै एक जना विप्लव कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखा नगरपालिका ११ को बाह्रकिलो भन्ने स्थानमा प्रहरी चेक जाँचका क्रममा अभद्र ब्यवहार गरेको भन्दै नियन्त्रणमा लिएको हो ।
राती ११ बजे प्रहरी चेक जाँचको क्रममा प्यूठान माण्डवी गाउँपालिका ३ बस्ने ३७ बर्षका खेमबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
पक्राउ परेका कार्कीलाई सार्वजानिक शान्ति सुरक्षामा खलल गरेको भन्दै सार्वजानिक शान्ति विरुद्वको मुद्वामा जिल्ला प्रशासन कार्यालयमा मुद्वा दर्ता गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


