गोरखा समाचारदाता
गोरखा – कोरोना भाईरसको जोखिमका कारण गोरखा संग्राहालयको प्रर्दशनी कक्षा बन्द गरीएको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम हुने भन्दै संग्राहलय बन्द गरीएको हो ।
गोरखा सदरमुकामको ठुलो आँगनमा रहेको गोरखा संग्रालयको प्रर्दशनी केन्द्र बन्द गर्ने निर्णय गरेको कार्यालय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयानुसार २०७७ बैशाख १८ गते सम्मका लागि दरबारका सवै प्रर्दशनी कक्ष बन्द रहने जनाइएको छ ।


