गोरखा समाचारदाता
काठमाण्डौं – १० लाख थान मास्क सहित गोरखाका एक जना राजधानीबाट पक्राउ परेका छन ।
अधिक मूल्यमा बिक्री गर्ने योजनाले लुकाइराखेको १० लाख थान मास्क सहित गोरखाका युवराज न्यौपाने पक्राउ परेका हुन् ।
प्रहरीको महानगरीय अपराध महाशाखाले दिएको जानकारी अनुसार बुधबार राजधानीको सानो भर्याङबाट न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।
महाशाखाका अनुृसार कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक बस्तु लुकाउनेहरु विरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको बेला न्यौपानको पक्राउले नेपाली बजारमा अझै पनि लाखौ थान मास्क हुन सक्ने अनुमान गरीएको छ ।
प्रहरी टोलीले मङ्गलबार राति मात्रै सुरज आर्केटबाट १ हजार ६०० थान स्यानिटाइजर र काठमाण्डौ उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको थियो ।


