गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर भयावह रुपमा फैलि रहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, नाइट डान्स बार तथा क्लब लगायतलाई बन्द गर्न निर्देशन दिएको छ ।
आज (बुधबार) उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको संयोजकत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले आगामी वैशाख १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरे संगै बन्दगर्न निर्देशन दिएको हो ।
समितिले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, मनोरञ्जन स्थान, म्युजियम, स्वीमिङ पुल, डान्स बार तथा क्लब आदिलाई बन्द गर्ने निर्णय गरेको हो ।
आजै समितिले अर्को निर्णय गर्दै अत्यावश्यक काम बाहेक आवतजावत, हिडडुल नगर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टीप्यालेसन, मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक जस्ता धार्मिक र सार्वजनिक स्थलरूमा २५ जना भन्दा बढी मानिसरू भेला नहुन समेत भनेको छ ।
जसको अनुगमन यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्यन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई जिम्मा दिएको छ ।


