गोरखा समाचारदाता
काभ्रे – काभ्रेको पनौतीमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ ।
सोमबार पनौती नगरपालिका–५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गए पछि स्थानीयले गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रशासनले मंगलबार विहान ९ बजेबाट कफ्यू लगाएको हो ।
घटनाको विरोधमा गएराति पनि प्रहरी र स्थानीयविच झडप भएको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै हवाइ फायर समेत गरेको थियो ।
मंगलबार विहानैदेखि पुनः प्रदर्शन सुरु भएपछि प्रशासनले कफ्यू आदेश जारी गरेको हो । हिजो बा. ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी ३ वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो ।
त्यस लगत्तै आक्रोशित स्थानीयले प्रहरी विटमा आगजनी गरेका थिए । मृतक जुनीमाया खानीखोला गाउँपालिका– १ स्थित श्री कालिका प्रावि हातिडाडाका प्रधानाध्यापक हुन ।


