गोरखा समाचारदाता
काठमाण्डौं – प्रहरीले काठमाडौंको सतुंगलबाट ८ लाख थान भन्दा बढी सर्जिकल मास्क सहित दुई जनालाई पक्राउ गरेको छ । गोदाममा लुकाएर राखेको ठूलो परिमाणको मास्क सहित प्रहरीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले गोदाममा लुकाएर राखेको अवस्थामा ८ लाख ४९ हजार ६ सय थान मास्क बरामद गरेको हो । प्रहरीको टोली चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीमा रहेको गोदाममा छापा मारेर मास्क बरामद गरेको हो ।
मास्क रोहित श्रेष्ठको घरमा रहेको गोदाममा १ सय ७५ वटा बोरामा लुकाएर राखिएको थियो । दुबैलाई कालोबजारी ऐन अन्र्तगत कारवाही गरिने प्रहरीले जनाएको छ ।
तीनरूपैयाँ मूल्य पर्ने मास्क बजारमा ४०-५० रूपैयाँमा बिक्री गर्ने गरेको खुलेपछि गोदाममा छापा मारेको हो । यसअघि प्रहरीले शनिबार कपनबाट १ लाख ६८ हजार थान र आइतबार डल्लुबाट ७८ हजार थान मास्क बरामद गरेको थियो ।


