एजेन्सी – जापानी प्रधानमन्त्री सिन्जो आवेले टोकियो ओलम्पिक तोकिएकै मितिमा हुने बताएका छन् ।
कोरोना भाइरसको कारण टोकियो ओलम्पिक दुई वर्षपछि सर्ने चर्चा चलिरहेको बेला उनले प्रतियोगिता नसर्ने बताएका हुन् ।
महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट खेल हुने समयसम्म जापान उत्रने दाबी आवेको छ ।
टोकियो ओलम्पिक कुनै समस्या बिना हुने पनि उनले उल्लेख गरेका छन् ।
टोकियो ओलम्पिकको टर्च र्याली मार्च २६ तारिखमा फुकुसीमाबाट सुरु हुनेछ ।
ओलम्पिक जुलाईको अन्तिममा सुरू हुदैछ ।जापानमा १४ सयमा कोरोना सङ्क्रमण भएको छ भने २८ जनाको मृत्यु भएको छ ।



