गोरखा समाचारदाता
काठमाण्डौं – विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमण पैसाबाट पनि सर्न सक्ने खतरा भएकोले सजगता अपनाउन आग्रह गरेको छ ।
यसअघि देखिएका विभिन्न सङ्क्रमण जस्तै कोरोना पनि पैसाबाट सर्न सक्ने भन्दै सजगता अपनाउन भनेको हो ।
पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि चीनमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ठूलो परिमाणमा नोटहरु नष्ट गरिएको थियो ।
अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने पुष्टि गरिसकेको छ । न्यूयोर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार पैसामा पनि सुक्ष्म जीव बाँच्न र हुर्कन सक्ने प्रमाणित भइसकेको छ ।
विज्ञहरुका अनुसार कुनै पनि भाइरसका जीवाणु पैसामा करिब २ हप्तासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् ।


