एजेन्सी – बेलायतमा कोरोना भाइरस को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक दिनमै दोब्बर भएको छ । भाइरसबाट हालसम्म बेलायतमा २१ जनाको ज्यान गएको छ । एकदिन अघिसम्म यो संख्या ११ मात्रै थियो ।
मृत्यु हुने सवै संक्रमण भएका ‘जोखिमयुक्त समूह’का व्यक्तिहरु भएको बताइएको छ । कोरोना पछिल्लो समय युरोपमा भयावह रुपमा फैलिरहेको छ । भाइरस संक्रमणबाट ५ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण यतिबेला १४९ देशमा फैलिएको छ । यसबाट हालसम्म १ लाख ४८ हजार ९०६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
चीनमा अहिलेसम्म ८० हजार भन्दा बढीमा संक्रमण देखिएको छ, जसमध्ये ३ हजार १८९ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
इटालीमा १७ हजार ६६० जनामा कोरोनाको संक्रमण भएको पुष्टी भएको छ भने १ हजार २६६ जनाले ज्यान गुमाएका छन् ।
यस्तै इरानमा पनि कोरोनाको संक्रमण उच्च देखिएको छ । इरानमा कोरोनाको संक्रमणबाट ६११ जनाको मृत्यु भएको छ भने १२ हजार ७२९ जनामा संक्रमण देखिएको छ ।
इस्तै स्पेनमा १३६, दक्षिण कोरियामा ७२, फ्रान्समा ७९, अमेरिकामा ५०, स्वीट्जरल्याण्डमा १३ र जर्मनीमा ८ जनाका कोरोनाको संक्रमीतको ज्यान गई सकेको छ ।


