गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसबिरुद्ध साझा रणनीति बनाउन संवादका लागि सार्क सदस्य राष्ट्रहरुबीच सहमति जुटेको छ । सदस्य राष्ट्रबीच आज (आईतबार) साँझ दक्षिण एसिया स्तरीय साझा रणनीति बनाउन भिडियो कन्फरेन्स हुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोरोना भाइरसविरुद्ध सशक्त रणनीति बनाउन सार्कको मञ्चबाट छलफल गर्न सबै सदस्य राष्ट्रहरुलाई अपिल गरेका थिए । त्यस लगत्तै नेपालका प्रधानमन्त्री केपी ओलीले आफू सहमत रहेको जानकारी ट्विटमार्फत गराएका थिए ।
मोदीको उक्त ट्वीटको माल्दिभ्स, श्रीलङ्का, बग्लादेश, भुटान र अफगानिस्तानका नेताहरूले स्वागत गरेका थिए । ८ सदस्य राष्ट्र रहेको सार्क पछिल्लो समय भारत र पाकिस्तानबीचको विवादको कारण छायाँमा परेको छ। सन् २०१४ यता सार्कको शिखर सम्मेलन पनि आयोजना हुन सकेको छैन ।


